Photo of Milford Sound in New Zealand

फागुन १९ । श्रीलंकालाई हराँउदै भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा भारतले श्रीलंकालाई ५ विकेटले हराएको हो ।
मिरपुरमा पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाँउदै १ सय ३८ रनको मध्यम स्कोर खडा गर्‍यो । श्रीलंकाकोलागि चामरा कपुगेदराले ३० रन बनाँउदा सिरीवर्दनाले २२ रनको योगदान दिए ।
जवाफमा १ सय ३९ रनको चुनौती भारतले खेलमा ४ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा ग¥यो ।
कुनै समय १६ रन जोड्दा २ विकेट गुमाईसकेको भारतको लागि विराट कोहलीले अविजित ५६ रन तथा युवराज सिंहले ३५ रनको योगदान दिए । यसैगरी सुरेश रैनाले २५ रन जोडे ।
जीतसँगै भारतले ५ राष्ट्र सहभागि प्रतियोगिताको फाईनलमा स्थान पक्का गरेको छ । तीन खेलबाट भारतको ६ अंक भएको छ भने ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहेको छ ।
बंगलादेशले बुधबार पाकिस्तानसँग खेल्दैछ । प्रतियोगिताको फाईनलमा पुग्ने संभावना जिवित राख्न यी दुवै टोलीले आजको खेल जित्नैपर्ने बाध्यता छ ।


from ARENA http://ift.tt/1SjAd2d
via IFTTT

0 comments:

Post a Comment

add

 
Top