Photo of Milford Sound in New Zealand

चैत ७।  कामको दबाव, परिवारिक तनाव, आर्थिक कारोवार र यस्तै समस्याको सामना गर्दा अधिकांश मानिसमा निद्रा नलाग्ने समस्या अथवा आरामदायी निद्रा नहुने समस्या देखा पर्छ । यो समयमा स्वास्थ्यमा कैयौ समस्याहरु पनि देखापर्छ ।
तर, यी कारणहरुको साथै एउटा अर्काे पनि कारण छ जसले निद्रालाई प्रभावित पार्छ । शायद धेरैलाई जानकारी नहुनसक्छ तर, हाम्रो निद्रा धेरै हदसम्म हाम्रो खानामा निर्भर रहन्छ ।
खाने र पिउने केही यस्ता बस्तु हुन्छन् जसले आरामदायी निद्रा लाग्छ भने केही यस्ता वस्तु पनि छन् जसको सेवनबाट निद्रा खराब गर्नसक्छ । अध्ययनअनुसार सामान्यतया मानिसको शरीरलाई करिब ७ देखि ८ घण्टासम्म निद्रा चाहिन्छ । अर्थात आराम चाहिन्छ ।
यस्तोमा हामीले धेरै कुरा ख्याल गर्नु जरुरी छ । जस्तै हामी राति यस्ता वस्तु नखाउ जसले निद्रा खराब होस अथवा कुनै अन्य समस्या आओस् ।
सुत्नुभन्दा पहिला नखानुस् यी वस्तुः
१) कफीः
कफीको सीधा असर हाम्रो मस्तिष्क अर्थात दिमागमा पर्छ । कफी मिसिएको कुनैपनि चीज सेवन गर्दा निन्द्रामा असर पर्छ । कफीको असर पिएको पांच घण्टा बढी समयसम्म रहन्छ ।
२) अत्यधिक मसालेदार खाना
रातको समयमा बहुत स्पाइसी खाना खानु राम्रो होइन् । अत्यधिक मसालेदार खाना खादा जलन र ग्यासको समस्या देखिन्छ । जसले राम्रो निन्द्रा आउँदैन् ।
३) मासु
मासुमा उच्च मात्रामा फ्याट (चिल्लो पदार्थ) र प्रोटिन हुन्छ । जसलाई पचाउन धेरै समय लाग्छ । यस्तोमा रातको समयमा मासु खाँदा तपाईलाई रातभरी निन्द्रा नलागी अप्ठेरो हुनसक्छ ।
४) जंक फूड
जंक फूडमा उच्च मात्रामा सैचुरेटेड फ्याट अर्थात चिल्लो पदार्थ हुन्छ । जो पच्नमा निकै समय लाग्छ । रातको समयमा जंक फूड खाएर आरामले सुत्न मुश्कील पर्नेछ ।
५) फल
यदि तपाई सुत्नुभन्दा अगाडि फलफूल खाँदैहुनुहुन्छ भने रोक्नुस् । फलफूलमा नेचुरल सुगर हुन्छ जो पच्न समय लाग्छ ।


from SHYANE http://ift.tt/1MuTgQD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top