Photo of Milford Sound in New Zealand

चैत ७ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।
वर्षाको कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।
पाकिस्तानका लागि सोहेब मल्लिकले२६ रन बनाए भने उमर अकमलले २२ रन जोडे । जवाफमा १ सय १९ रनको झिनो चुनौती भारतले खेलमा १३ बल बाँकी छँदा पूरा गर्‍यो ।
भारतको जितमा युवराज सिंह र विराट कोहलीको ६१ रनको साझेदारी महत्वपूर्ण रह्यो । कोहलीले अविजित ५५ रन जोड्दा युवराज सिंहले २४ रन बनाए । पाकिस्तानका मोहम्मद सामीले २ विकेट लिए ।
योसँगै भारतले आफ्नै देशमा भइरहेको विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पहिलो जित हात पारेको छ भने पाकिस्तानले पहिलो हार भोगेको छ ।
यसअघि पहिलो खेलमा भारतलाई न्यूजिल्याण्डले हराएको थियो भने पाकिस्तानले बंगलादेशलाई पाखा लगाएको थियो ।
विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अफ्गानिस्तान र दक्षिण अफ्रिका भिड्दा दोस्रो खेलमा श्रीलंकाले वेष्ट इंडीजसँग खेल्नेछन ।


from SHYANE http://ift.tt/1pBL78o
via IFTTT

0 comments:

Post a Comment

add

 
Top