Photo of Milford Sound in New Zealand


एनसेलका ग्राहकहरुले अब एउटै प्याकबाट भ्वाइस र डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेलले नेपाली बजारमा पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको दैनिक प्याक ‘ट्वान्टी-ट्वान्टी प्याक’ ल्याएको छ ।
यो योजनामा एनसेलका पि्रपेड ग्राहकले अझ सुलभ दरमा भ्वाइस र डेटा सेवा लिन सक्नेछन् । हाल भइरहेको आइसिसी ट्वान्टी-ट्वान्टी विश्वकफ क्रिकेट प्रतियोगिताको अवसर पारेर ल्याइएको यो प्याक शुक्रबार अर्थात फागुन  २८ गतेदेखि लागू भएको एनसेलले जनाएको छ ।
ग्राहकले कर बाहेक  २० मा ट्वान्टी-ट्वान्टी  प्याक खरिद गरी एनसेल नेटवर्कभित्र कल गर्न सकिने २० मिनेटको टक टाइम र २० एमबि डेटा प्राप्त गर्न सक्छन् । यो प्याक ट्वान्टी-ट्वान्टी विश्वकफ क्रिकेट प्रतियोगिता अवधिभर संचालनमा रहने छ ।
सामान्य अवस्थामा, प्रति मिनेट कलको कर बाहेक १.९९ रुपैयाँ पर्छ भने कुनै प्याक खरिद नगरी डेटा चलाउदा प्रति एमबि ३ रुपैयाँ पर्दछ । यसरी ट्वान्टी-ट्वान्टी प्याक लिदा ग्राहकले करिब सय रुपैयाँ बराबरको सेवा मात्र रु २० मा प्राप्त गर्नेछन् ।
एनसेलका सम्पूर्ण पि्रपेड ग्राहकले १७११४ मा डायल गरी वा अंग्रजीमा २० टाईप गरी १७११४ मा एसएमएस पठाएर सहजै यो प्याक खरिद ग्ार्न सक्छन् । प्याकको समयावधि २४ घण्टा रहनेछ ।
‘आफ्ना पि्रपेड ग्राहकका लागि पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको प्याक ल्याउन पाएकोमा हामी खुशी छौं । सुलभ दरमा उपलब्ध यस प्याकले ग्राहकलाई ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा आफ्ना पि्रयजनसँग थप सम्पर्कमा रही आपसमा खेलको मज्जा साट्न  मद्दत गर्ने विश्वास छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि खरिद गर्न सक्छन् । यदि ग्राहकले एकैदिनमा दुई पटक यो प्याक खरिद गरेमा पछिल्लो पटक खरिद गरिएको प्याक अनुसार सेवा उपयोगको समयसिमा तोकिनेछ र अघिल्लो प्याकको बाँकी टक टाइम र डेटा पनि पछिल्लो प्याकको टक टाइम र डेटामा जोडिनेछ ।


from SHYANE http://ift.tt/1U8Yh9g
via IFTTT

0 comments:

Post a Comment

add

 
Top