Photo of Milford Sound in New Zealand

चैत ९ । पर्यटकीय शहर धरानमा पाराग्लाइडिङ च्याम्पियनसीप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल पाराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजना तथा एक्स्ट्रिम धरानको संयोजनमा च्याम्पियनसिप गर्न लागिएको हो ।
यही चैत १३ र १४ गते हुने च्याम्पियनसीपमा धरानको आकाशमा एकै पटक एक सय वटा पाराग्लाइडिङ उडाइनेभएको छ । पाराग्लाइडिङका लागी राम्रो मानिएको धरानको आकाशमा चैत १३ र १४ गते एकै साथ एक सयको हाराहारीमा पाराग्लाइडिङ उडान गर्दै प्रतियोगिता गर्न लागिएको हो ।
चौथो माउन्टेन स्पोर्टस् फेस्टिवलअन्र्तगत राष्ट्रियस्तरको पाराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा यत्तिको संख्यामा पाराग्लाइडिङ धरानको आकाशमा उड्ने भएका हुन् ।
२०६७ सालमा पहिलो पटक परिक्षण उडान सफल भएसगै धरानमा यो च्याम्यिनसिप हुन लागेको हो । प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पाराग्लाइडिङलाई पूर्वमा विस्तार गर्न सहयोग पुग्ने कार्यक्रम आयोजकको भनाइ छ ।
प्रतियोगितमा पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।


from ARENA http://ift.tt/1pZfSUR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top