Photo of Milford Sound in New Zealand


चैत १ । ओमानलाई हराउँदै बंगलादेश विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुपर टेनमा प्रवेश गरेको छ ।
समुह ए अन्तर्गतको अन्तिम लिग खेलमा आइतबार बंगलादेशले ओमानलाई ५४ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकट गुमाएर १ सय ८० रन बनायो ।
बंगलादेशकालागि तमिम ईकबालले १ सय ३ रनको शतकीय पारी खेल्दा शबिर रहमानले ४४ रनको योगदान दिए । जवाफमा १ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको ओमानले व्याटिङ सुरु गरेपछि वर्षाले दुई पटक खेल अवरुद्ध भयो ।
यसपछि १२ ओभरमा १ सय २० रनको नयाँ चुनौती पाएको ओमानले ९ विकेट गुमाएर ६५ रन मात्रै जोड्न सकेपछि बंगलादेश डि.एल मेथडको आधारमा ५४ रनले विजयी भयो ।
जीतसँगै बंगलादेशले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुपर टेनमा ठाँउ बनाएको छ ।
समुह चरण पार गर्दै अफ्गानिस्तानले यसअघि नै सुपर टेनमा ठाउँ बनाइसकेको छ । सुपर टेनका खेलहरु भोलिबाट सुरु हुँदैछन् । पहिलो खेलमा आयोजक भारत र न्यूजिल्याण्ड भिड्ने छन् ।


from SHYANE http://ift.tt/1nHNxAs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top