Photo of Milford Sound in New Zealand

सामसुङ मोबाइलको पछिल्लो उत्पादन ‘ग्यालेक्सी एस–७ एज’ र ‘ग्यालेक्सी एस–७’ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

सामसुङ इलेक्ट्रोनिक्स नेपालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी सामसुङका यी नयाँ दुई मोडल सार्वजनिक गरेको हो ।

यी दुईओटै सेटमा पहिलोपटक ‘डुअल पिक्सल क्यमेरा’प्रयोग भएको जनाइएको छ ।

‘ग्यालेक्सी एस–७ एज’को स्थानीय बजार मूल्य ८८ हजार ९ सय रुपैयाँ र ‘ग्यालेक्सी एस–७’को ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । यी सेट पानी एवं धुलोबाट पूर्णसुरक्षित रहेको जनाइएको छ ।

सामसुङ नेपाल कार्यालयका वरिष्ठ व्यवस्थापक प्रणयरत्न स्थापितले अन्य सेटका तुलनामा यी सेट प्रविधियुक्त एवं विशेषतायुक्त रहेको बताए ।

आगामी एक वर्षभित्र १० हजार सेट बिक्री गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ 


from SHYANE http://ift.tt/1LlkBKj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top