Photo of Milford Sound in New Zealand

आफूलाई हृदयाघात हुने खतरा छ कि छैन भन्ने तपाईंलाई थाहा छ ? जान्न मन लागे आफ़ना परेलामा हेर्दा हुन्छ । नयाँ अध्ययनमा के भनिएको छ भने आँखा छेउछाउको छालामा पहेंलोपन देखिनु मुटु रोगको लक्षण हुन सक्छ ।
ब्रिटिश मेडिकल जर्नलअनुसार डेनमार्कमा अनुसन्धाताहरूले करिव १३ हजार व्यक्तिमा गरेको अनुसन्धानमा पाइयो- ‘ज्यानथेलास्माटा’ नामले चिनिने दाग भए दस वर्षभित्र हृदयाघात हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ । कोलेस्ट्रोल जम्मा भएपछि यस्तो दाग हुन्छ । त्यस्ता दाग मुलायम, पीडारहित हुन्छन् । दागको असर आँखाको दृष्टिमा पर्दैन । सामान्यतया सबैजसो यसको उपचार छाला रोग विशेषज्ञसँग गराउँछन् ।
डेनमार्कमा हर्वेल अस्पतालका अनुसन्धाताहरूले सन् १९७० को दशकमा १२ हजार ७ सय ४५ व्यक्तिमा निगरानी गर्न सुरु गरे । अध्ययनको सुरुवातको समय चार-चार प्रतिशत रोगीमा ‘ज्यानथेलास्माटा’ नाम गरेको दाग थियो । ३३ वर्षपछि तीमध्ये १ हजार ८ सय ७२ व्यक्तिलाई हृदयाघात भयो, ३ हजार ६ सय ९९ व्यक्तिलाई मुटु रोग भयो र ८ हजार ५ सय ७ व्यक्तिको मृत्यु भयो । तथ्यांकले के स्पष्ट पार्छ भने जसको आँखाका छेउछाउमा पहेंलो चिनो थियो, उनीहरूमा यसको बढी खतरा थियो ।
पहेंलो चिनो भएका ४८ प्रतिशत व्यक्तिमा हृदयाघात हुने आशंका बढी थियो, ३९ प्रतिशत व्यक्तिमा मुटु रोग हुने आशंका बढी थियो र १४ प्रतिशत व्यक्तिको अध्ययनको समयमा मृत्यु भयो । हृदयाघातको सम्बन्ध महिलाको दाँजोमा ७० वर्षदेखि ७९ वर्षका पुरुषहरूमा बढी देखियो ।


from SHYANE http://ift.tt/25cCYro
via IFTTT

0 comments:

Post a Comment

add

 
Top