Photo of Milford Sound in New Zealand


चैत १७ । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्ड भिड्ने छन् । खेल दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ ।
सुपर टेन चरणमा अपराजित एकमात्र टोली न्यूजिल्याण्डसमूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि मुम्बईमा आयोजक भारतसँग वेष्ट इन्डिज भिड्ने छ । वेष्ट इन्डिज आफ्नो समुहको विजेता हो भने भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
यसपटकको विश्वकप टि ट्वेन्टी क्रिकेटमा साविक विजेता श्रीलंकासहित दावेदार टोलीहरु अष्ट्रेलिया र दक्षिण अफ्रिका सुपर टेन चरणबाटै घर फर्किएका छन् ।


from ARENA http://ift.tt/1V3bek9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top