Photo of Milford Sound in New Zealand


चैत ७। इटहरी गोल्डकप अन्तराष्टिय आमन्त्रण फुटवल प्रतियोगीतामा झापाको काडकभिट्टा फुटवल ट्रेनिङ सेन्टर विजयी बनेको छ ।  बिआरसी भुटान र काडकभिट्टा बिच भएको खेलको निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि समयको अभावका कारण अतिरिक्त समय नथपि खेल सिधै ट्राइव्रेकरमा धकेलिएको थियो ।
winerट्राइव्रेकरमा काकडभिट्टाका गोल किपर मनोज प्रधानको उत्कृष्ट बचाउ नै आजको खेल जीत्न निर्णायक बन्यो । उनले अन्तिम समयमा भुटानका धिरज तामाङको प्रहारलाई उत्कृष्ट बचाउ गर्दा टीम विजयी बन्न सफल भयो । उनि आजको खेलको उत्कृष्ट खेलाडी बन्न समेत सफल भए ।
ट्राइव्रेकरमा काकडभिट्टाका तर्फबाट सुमिन मैनालीको पहिलो गोल विपक्षीका गोल रक्षकले असफल बनाइदिएका थिए । त्यस्तै बुद्ध चेम्जोङको गोल समेत पोलमा ठोकिएर बाहिरिएको थियो । काकडभिट्टाका खानिरदिलसन लिम्बु, रोवि थापा र देलेन लोक्थनले गोल गरेका थिए । यता भुटानका तर्फबाट वर्तमान राई र विक्रम लिम्बुको प्रहारले मात्र जाली चुम्न सफल बन्यो । बाँकि खेलाडी निराजन खड्का, दिनेक कार्की र धिरज तामाङको प्रहार विपक्षीका गोल रक्षक मनोज प्रधानले विफल बनाइदिएका थिए ।
प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी काकडभिट्टाका बुद्ध चोम्जोङ घोषित भए । उनले २४ इन्चको एलइडि टेलिजिभन प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ता बिआरसी भुटानका धिरज तामाङ घोषित भए । उनले एक थान मोवाइल प्राप्त गरेका छन् । प्रतियोगीतामा उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृती क्लबका दिपेन तामाङ घोषित भए । उनले २२ इन्चको एलइडी टेलिभिजन प्राप्त गरे ।
विजयी टीमले १ लाख ११ हजार १ सय ११ रुपैया, शील्ड ट्रफि र प्रमाणपत्र प्राप्त ग¥र्यो भने उपविजेता टीमले ५५ हजार ५ सय ५५ रुपैया, शील्ड ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो  । विजयी तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसव विष्टले पुरस्कार प्रदान गरेका थिए ।









from ARENA http://ift.tt/1SaICD7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top