Photo of Milford Sound in New Zealand

फागुन २० । आयोजक बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति मिरपुरमा भएको खेलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १३० रनको लक्ष्य बंगलादेशले १९ दशमलव १ ओभरमा पाँच विकेटको क्षतिमा हासिल गरेको हो । बंगलादेशका सौम्य सरकारले ४८, महमुदुल्लाहलेनटआउट २२ तथा सब्बिर रहमानले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिरले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२९ रन बनायो । उसका लागि सरफराज अहमदले नटआउट ५८ तथा शोएम मलिकले ४१ रन बनाएका थिए ।
चार खेलमा तीनमा जित र एकमा हार बेहोरेको बंगलादेशले उपाधिका लागि आइतबार भारतसँगै प्रतिस्पर्धा गर्नेछ । लगातार तीन खेल जितेको भारत एक खेल अगावै फाइनलमा पुगेको छ । त्यसअघि आज भारतले युएईसँग खेल्ने छ ।


from ARENA http://ift.tt/1OSCHOl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top