Photo of Milford Sound in New Zealand

चैत ७ ।  इंङ्गलिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले शिर्ष स्थानको अग्रतालाई फराकिलो पारेको छ ।
शनिबार राती भएको खेलमा क्रिष्टल प्यालेसलाई १-० ले हराँउदै लेष्टरले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ८ अंकको अग्रता लिएको हो ।
शनिबार रातीको जितपछि लेष्टर सिटीले प्रिमियरलिगको उपाधि संभावना बलियो पारेको छ । लिगमा ७ खेल बाँकी छँदा लेष्टरले उपाधि पक्का गर्न ७ खेलमा जित आवश्यक छ ।
तर दोस्रो स्थानको टोटनह्याम र तेस्रो स्थानको आर्सनलले खेल गुमाएको खण्डमा भने लेष्टरले यो भन्दा कम खेल जितेर पनि उपाधि कब्जा गर्न सक्छ । लेष्टरले भन्दा एक खेल कम खेलेको टोटनह्यामले आज बर्नमाउथसँग खेल्नेछ ।
प्रिमियर लिग अन्तर्गत शनिबार राती भएका अन्य खेलहरुमा आर्सनलले एभर्टनलाई २-० ले हराँउदा चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले २-२ गोलको बराबरीमा रोकेको छ ।
यसैगरी स्टोक सिटीले वाट्फोर्डलाई २-१ ले पराजित गर्दा नर्वीच सिटीले वेष्ट ब्रोमलाई तथा स्वान्सी सिटीले एस्टन भिल्लालाई १-० ले हराएका छन् ।


from ARENA http://ift.tt/21BkewZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top