Photo of Milford Sound in New Zealand

चैत ९  । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत १४ गते आइतबार मलेसियाको २२ वर्षमुनिको टिमसँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योउतोकु कोजीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकाखेलाडीको बाहुल्यता भएको टोलीमा गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बु छन् ।

डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् ।

त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् ।

भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रन्जन विष्ट र सुमन लामाले फरवार्ड लाइन सम्हाल्ने छन् ।

गत महिनामात्र नेपाली टोलीको जिम्मेवारी पाएका जापानी पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक कोजीले नेपालको फुटबल विकासका लागि सक्दो सहयोग गर्ने भन्दै खेलाडीहरुमा धेरै सम्भावना रहेको बताए ।

एक वर्षसम्म नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कार्यक्रम नरहेकाले टोलीलाई व्यस्त राख्न मैत्रीपूर्ण खेलको अवधारणा ल्याएको अखिल एन्फाले जनाएको छ ।

नेपाली टिम १२ गते शुक्रबार राति मलेसिया जानेछ । 


from ARENA http://ift.tt/1XJiAIC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top