Photo of Milford Sound in New Zealand

फागुन २१ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, ग्रानाडा र रियल बेटिस विजयी भएका छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रायो भाएकानोलाई ५–१ को फराकिलो अन्तरले हरायो । बार्सिलोनाका लियोनल मेस्सीले ह्याट्रिक गरे भने ईभाँ राकिटिच र अर्डा टुरानले एक–एक गोल गरे ।
style="text-align: justify;">मेस्सीले खेलको २३ औं, ५३ औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
खेलमा रायो भाएकानोका दुई खेलाडीले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो ।
ला लिगा अन्तर्गतको अर्को खेलमा ग्रानाडाले स्पोर्टिङ गियोनलाई २–० ले हराउँदा रियल बेटिसले ईस्पानियोललाई ३-० ले पराजित गर्‍यो ।
गएरातिका खेलपछि स्पेनिस लिगको अंक तालिकामा २७ खेलबाट ६९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने ५७ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ ।


from SHYANE http://ift.tt/1QX0YKL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top