Photo of Milford Sound in New Zealand

फागुन २०।    नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन औपचारिकरुपमा सुरु भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज दिउँसो दुई बज्न दुई मीनेट बाँकी रहँदा पानसमा बत्ती बालेर महाधिवशेनको उदघाटन गरेका छन् ।
खुल्लामञ्चमा आयोजना गरिएको महाधिवेशनमा उदघाटन समारोहमा अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायत सहभागी छन् ।
उदघाटन समारोहमा भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमार उपस्थित छन् । भारतका विभिन्न दलका नेताहरु पनि अतिथिका रुपमा सशभागी छन् । त्यसैगरी बंगलादेश, क्याम्बोडिया, पाकिस्तान लगायतका मुलुकबाट पनि महाधिवेशनमा शुभकामना दिन पाहुनाहरु आएका छन् ।
उदघाटन समारोहमा स्वागत मन्तव्य काठमाठौं जिल्ला कांग्रेसका सभापति सबुज बानियाँले व्यक्त गरे ।
स्वागत मन्तव्यपछि सुशील कोइराला र वीपी कोइरालाको स्मरणमा प्रकाशित दुईवटा स्मारिका कार्यवाहक सभापति रामचन्द्र पौडेलले विमोचन गरेका छन् ।



from SHYANE http://ift.tt/1RrwMSk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top