Photo of Milford Sound in New Zealand

चैत्र ४।  बार्यन म्युनिखले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युभेन्टसलाई अतिरिक्त समयमा हराएको छ र नाटकीय रुपमा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएकको छ ।
पहिले लेग २-२ को बराबरीमा सकिएको थियो । बार्यनको घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा युभेन्टसले सुरुवाति २८ मिनेटमा नै दुई गोल गर्‍यो ।
इटानियल क्लब युभेन्टसले पाँचौं मिनेटमा पोग्बाको गोलबाट अग्रता लिएको थियो २८ औं मिनेटमा क्वाड्राडोले गोल गरेपछि युभेन्टस निकै सहज अवस्थामा पुग्यो ।
खेलको ७३ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले हेड गोल गर्दै घरेलु टोलीको आश जगाए । अन्तिमसम्म पनि घरेलु टोलीले गोल थप्न नसकेपछि युभेन्टस अघिल्लो चरण पुग्ने लगभग पक्का जस्तै देखिएको थियो ।
तर, अन्तिम केही मिनेट सम्हालिन सकेन र थोमर मुलरले ९० मिनेटका खेल सकिनै लाग्दा गोल गरे । र, खेल अतिरिक्त समयमा गयो ।
थपिएको ३० मिनेटमा भने बार्यन हावी भयो । १०८ औं मिनेटमा थिएगोले गोल गरे भने ११० औं मिनेटा कोमानले गोल गर्दै घरेलु टोलीलाई ६-४ को नाटकीय जित दिलाएका छन् ।


from ARENA http://ift.tt/1nPJpi2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top