Photo of Milford Sound in New Zealand

फागुन १९ । मनाङ–मर्स्याङ्दी क्लब धरानमा जारी १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार भएको सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरीको एपीएफ टिमलाई ३–२ ले हराउँदै मनाङले फाइनलमा ठाउँ पक्का गरेको हो ।

मध्यान्तरसम्म दुबैले २–२ गोल गरेका अवस्थामा मध्यान्तरपछि मनाङले एक गोल थप्दैउपाधि यात्रामा अब्बल देखिएको हो ।

मनाङका लागि ओलावाले, अनिल गुरुङ र अनन्त तामाङले एक–एक गोल गरे । त्यस्तै, सशस्त्रका लागि रमेश दंगाल र अन्जन विष्टले गोल गरे ।

क्वार्टरफाइनलमा पोखरा–११ लाई पेनाल्टी सुटआउटमा हराउँदै सशस्त्र तथा भुटान ११ लाई ८–० ले निराश पार्दै मनाङ अन्तिम चारमा पुगेका थिए ।

दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लबले रुपन्देही–११ सँग खेल्नेछ ।

क्वार्टरफाइनलमा भारतको कालिङपोङस्थित शेरे क्लबलाई ३–० ले पराजित गर्दै पुलिस तथा आयोजक धरान फुटबल क्लबलाई ४–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेका हुन् । 


from ARENA http://ift.tt/1Y3eonU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top