Photo of Milford Sound in New Zealand

फागुन ३०।  नेपालले मलेसियाको राष्ट्रिय टोलीसँग खेल्ने तय भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलको मिति सरेको छ । खेल आगामी मे महिनामा हुनेछ ।
तर नेपालले आगामी चैत्र १४ गते मलेसियाको अण्डर २२ राष्ट्रिय टोलीसँग भने मैत्रिपूर्ण फुटवल खेल्नेछ । अखिल नेपाल फुटबल संघ एन्फा र मलेसियाली फुटबलसंघबीचको समन्वयको अभावमा मलेसियाले नेपालसंग खेल्ने भनेको पूर्वघोषित मितिमा मकाउसंग खेल्ने निश्चितभएपछि नेपालसँगको खेलतालिका पर सरेको हो ।
त्यसैको क्षतिपुर्तिस्वरुप मलेसियाले २२ बर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रिपुर्ण फुटबल खेलाउने निर्णय गरेको हो । यसअघि चैत्र १६ गते दुई देशको राष्ट्रिय टोलीबीच मैत्रिपूर्ण फुटबल खेलाउने तय गरेको एन्फाले जनाएको थियो ।
मलेसियाली युवा टोली बिरुद्धको खेलमा सागमा स्वर्ण जितेको टिमका अधिकांश खेलाडी समावेश गरिने एन्फाले जानकारी दिएको छ । नेपाली टोलीका नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजुको नेतृत्वमा पहिलो पटक नेपालले मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षक कोजु अहिले सिमरा गोल्डकपका नेपाली खेलाडीको प्रदर्शन निरिक्षण गरिरहेका छन् । सिमराबाट आइतबार फर्किएलगत्तै उनले मलेशियाबिरुद्धको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गर्नेछन् ।


from ARENA http://ift.tt/1SJvWoY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top