Photo of Milford Sound in New Zealand

पुस ५  । भारतीय क्रिकेट खेलाडी करुण नयरले कीर्तिमानी तेहेरो सतक जोडेका छन् । इङ्गल्याण्ड विरुद्धको चेन्नइमा जारी पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा अविजित रहँदै तीन सय तीन रन बनाउँदै नयरले मेडन सतकमै तीन सय रनको आँकडा पार गर्ने कीर्तिमान बनाएका हुन् ।

नयरले पहिलो टेष्ट सतकमा दोहोरो सतक बनाएका भारतकै विनोद काम्लीले र दिलिप बैंगसरकरले बनाएको कीर्तिमान तोडेका हुन् ।
नयरको तेहेरो सतकसंगै भारतले ७ विकेटको क्षतिमा सात सय ५९ रन बनाएर इनिङ्ग समाप्तिको घोषणा ग¥यो । भारतको सर्वाधिक योगफलमा लोकेश राहुलको एक सय ९९ रन पनि सामेल थियो ।
पहिलो इनिङ्गमा दुई सय ८२ रनले पछि परेको इङ्गल्याण्डले दोस्रो इनिङ्गमा चौथो दिनको समाप्तिसम्म विना कुनै विकेटको क्षतिमा १२ रन जोडेको छ ।
इङ्गल्याण्डले पहिलो इनिङ्गमा मोइन अलीको एक सय ४६ रनको मद्धतले चार सय ७७ रन बनाएको थियोे ।
अझै दुई सय ७० रनले पछाडि रहेको इङ्गल्याण्डले पराजय टार्न मंगलबार अन्तिम दिन विकेट टिकाइराख्नु जरुरी छ
यसअघि भएका तीन खेल जितेर भारतले श्रृंखलामाथि कब्जा जमाइसकेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।


from ARENA http://ift.tt/2hOPH2Z
via IFTTT

0 comments:

Post a Comment

add

 
Top