Photo of Milford Sound in New Zealand

पौष १, (सुवास संकल्प), इटहरी,
नेपाली चलचित्र क्षेत्रमा रकम अर्थात फिल्म, कलाकार, निर्देशक वा अन्य पक्षको पारिश्रमिकलाई लिएर पनि बेला-बेला मज्जैको गसिप बन्ने गरेको छ । 
यहि क्रममा हालै मात्र दुर्गिश फिल्मसले पनि यो क्रमलाई निरन्तरता दिएको छ । एक पछि अर्को हिट फिल्म दिदै आएको दुर्गिश फिल्मले हालै लाउरे फिल्मको लागि निर्देशक निगम श्रेष्ठलाई मोटो रकम दिएको हो । श्रेष्ठलाई दुर्गिशको ब्यानरबाट निर्माण भएको  सबै फिल्म निर्देशकलाई दिएको पारिश्रमिक पाखा लगाउदै १७ लाखमा सम्झौता गरिएको निर्माता सुनिल रावलले जानकारी गराउनु भयो । 

यो रकम दुर्गिशमा काम गर्ने निर्देशकहरु मध्ये अहिले सम्मको मोटो रकम हो । यो भन्दा अगाडि निर्देशक निगमले फिल्म छड्के मा आफ्नो निर्देशकिय कला प्रस्तुत गरिसकेका छन भने लाउरे मा उनको स्टोरीलाई मन पराएर दुर्गिशले यति मोटो रकम खर्चेको हो । फागुन देखि सुटिङ सुरु गरिने फिल्म लाउरे को ६० % धरानमा बाकी दार्जिलिङ, इलाम र काठमाडौ मा लोकेसन छनौट गरिएको रावलले बताए । 

फिल्मको लागि मुख्य कलाकारमा अघिल्लो ३ फिल्म खेलिसकेका थियटए कलाकार बिक्रम सिंह र सहायक कलाकारमा नया अनुहार सुमन चित्रकार फाईनल भएको छ भने अन्य कलाकारहरु छनौट गर्न बाकी रहेको पनि रावलले जानकारी गराए । सायद २ को रिलिज मिति टुङ्गो नलाग्दै दुर्गिशले यो फिल्मको कामलाई पनि सुरुवात गरेको हो ।



via IFTTT

from SHYANE http://ift.tt/2hFymGB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top