Photo of Milford Sound in New Zealand

पुस ८ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिकरुपमा सुरु भएको छ । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उद्घाटन गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपनि त्यसको डेढ वर्षमै प्रतियोगिता आयोजना गर्न सकेकोमा आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई धन्यवाद दिइन् ।
खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले विद्यालयस्तरदेखि नै महत्व दिनसके खेलकुदको विकास हुने धारणा राखिन् ।
यसैगरी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको बताए ।
सातौं राष्ट्रिय खेलकुद आगामी ‘साग’ गेमको आधारकारुपमा रहने भन्दै उनले भौतिक संरचनाको विकासमा सरकार लागिपरेको बताए ।
उद्घाटन समारोहमा मन्त्री श्रीपाइलीले राष्ट्रिय खेलकुद परिषदको झन्डोत्तलन पनि गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले अन्योल हुँदाहुँदै पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तीन वर्षअघि नै हुनुपर्ने भएपनि विविध कारणले पाँच वर्षपछि आयोजना गरिएको हो ।
हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।
प्रतियोगिताअन्तर्गतका खेलहरु भने केही दिनअघिबाट नै भइरहेका छन् । उद्घाटन समारोहमा विभिन्न जातजातिका परम्परा झल्किने झाँकी प्रदर्शन गरिएको थियो ।
प्रतियोगिता यही पुस १५ गते समापन हुनेछ । करिब २८ करोडको लागतमा सम्पन्न हुने प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।
पुस १५ गतेसम्म सन्चालन हुने प्रतियोगिताका खेलहरु पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा सन्चालन गरिँदै छ ।
प्रतियोगितामा जम्मा ३० खेल समावेश गरिएको छ । प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झन्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीलाई पहिलोपटक नगद पुरस्कारसमेत व्यवस्था गरिएको छ ।
व्यक्तिगत स्पर्धाका विजेताले जनही १५ हजार रुपैयाँ पाउनेछन् भने टिम स्पर्धाका विजेताले ७ हजार पाउनेछन् ।


from ARENA http://ift.tt/2hh1PbO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top