Photo of Milford Sound in New Zealand

मङ्सिर २८, (सुवास संकल्प), इटहरी,
नेपाली कला क्षेत्रमा कलाकारहरुको हक हित र प्रतिभा प्रस्फुटन गर्दै पछिल्लो समय नेपाली रंगिन दुनियाँमा काठमाडौ बाट एक सस्था निकै अग्रसर रहेको छ । 
"कला संगत" नाममा स्थापना भैइ हाल नेपाली कलाकारको हक हितमा लागिपरेको उक्त सस्थाले हाल नेपालको विभिन्न जिल्लामा कलाकारहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागिरहेको छ । 
शिव गौतमको अध्यक्षता रहेको उक्त कला संगत नेपाल सस्था यसै बर्ष स्थापना भैइ हाल कला र कलाकारको हितमा काम गरिरहेको छ । कला संगत नेपालले गएको तिहारको बेला पोखरामा भएको बृहत सास्कृतिक कार्यक्रममा राम्रो प्रस्तुतिको कारण सबैबाट हौसला मिलेकोले सस्थालाई अझै जागरुक बनाउन हौसला मिलेको अध्यक्ष गौतमले बताउनु भयो । 
त्यस्तै पुर्व क्षेत्रबाट उक्त सस्था मा प्रतिनिधित्व गर्ने तथा रंगिन दुनियाँको नवप्रबेसी मोडेल "ईशा परियार" ले पुर्वमा पनि एक बृहत् सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी भैइ रहेको जानकारी दिनुभएको छ । मोडेल ईशाले राष्ट्रिय कलाकार सहित स्थानिय कलाकार हरु लाई पनि विशेष प्राथमिकतामा राख्दै सो कार्यक्रम गरिने पनि जानकारी गराउनु भयो ।



via IFTTT

from SHYANE http://ift.tt/2hIOwyn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top