Photo of Milford Sound in New Zealand

पुस ६ । इंग्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा भारत एक इनिङ र ७५ रनले विजयी भएको छ ।

चेन्नईमा मंगलबार भएको अन्तिम दिनको खेलमा १०४ रन जोड्न सबै १० विकेट गुमाउँदै इंग्ल्यान्डले बराबरीनजिक पुगेको खेलमा अप्रत्याशित हार व्यहोरेको हो ।
१०३ जोड्दासम्म विकेट नगुमाएको इंग्ल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदा २०७ रनमात्र बनाएको हो ।
खेलमा अप्रत्याशित तरिकाले फर्कनेक्रममा भारतका रविन्द्र जडेजाले ४८ रन खर्चेर ७ विकेट झारे ।
यसअघि, पहिलो इनिङमा इंग्ल्यान्डले ४७७ रन बनाएको थियो । जवाफमा भारतले ७ विकेटको क्षतिमा ७५९ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो ।
भारतले टेस्ट करियरमा एकै इनिङमा सर्वाधिक रन जोड्नेक्रममा करुण नयरले अविजित रहँदै ३०३ बनाएर कीर्तिमान रचे । त्यस्तै, लोकेश राहुलले १९९ रन जोडे ।
यो जितसँगै भारतले पाँच खेलको शृंखला ४–० ले जितेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।
भारतीय कप्तान विराट कोहली ‘म्यान अफ द सिरिज’ भए ।
- See more at: http://ift.tt/2hSBylh


from ARENA http://ift.tt/2ha7aDd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top