Photo of Milford Sound in New Zealand

पौष ११, इटहरी,
सन्देशमुलक सामाजिक चलचित्र “कर्माण्य”को गीत अनायासै सार्वजनिक भएको छ l गएको शुक्रबार युट्युब मार्फत रिलिज गरिएको राजु तामाङको शब्द संगीत र स्वर भएको उक्त गीत र भिडियो एकै दिनमा चर्चामा पुग्न सफल भएको छ l
विभिन्न च्यारिटी शोहरु गरिरहेको यस चलचित्र आगामी हप्ता देखि पूर्वको यात्रामा निस्कने भएको छ l पूर्वको झापा, बिराटनगर, धरान, इटहरी लगाएत विभिन्न ठाउँमा च्यारिटी गर्न लागिएको यस चलचित्रका निर्माण टीमले बताएका छन् l
अर्पण बस्नेत द्वारा निर्देशित यस चलचित्रलाई नबिन बाबु गुरुङले खिचेका हुन् l मिस्टर नेपाल सन्दीप पोख्रेल, योबना कार्की, आदित्य शर्मा मिना खड्का शंकर पराजुली लगाएतको अभिनय रहेको यस चलचित्रलाई उज्वल ढकालले सम्पादन गरेका हुन् l
काठमाडौँका विभिन्न ठाउँमा च्यारिटी गरेर चर्चा बटुलेको यस चलचित्रलाइ अब देश बिदेशमा समेत देखाइने यसका निर्माण टीमले बताएको छ l
                                                                                                                                समाचार :screennepal
भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2hZLadC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top