Photo of Milford Sound in New Zealand

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको उसु खेलमा त्रिभुवन आर्मी क्लबले स्वर्णपदकमाथि कब्जा जमाएको छ ।


मंगलबार सुनसरीको धरानस्थित अमर सेवा समाजको कबर्डहलमा भएको फाइनलमा आर्मीले १० स्वर्णपदकसहित ४ ओटा रजत र ५ ओटा कास्यपदक हात पारेको छ ।
आर्मीका तर्फबाट उसुको ‘थावलु’तर्फ विजय थापा सिन्जाली, हरिप्रसाद गोले, सविता राई, ओशिन राई, नीमा घर्तीमगरले स्वर्णपदक हात पारे ।
त्यस्तै, उसुको ‘सान्सौं’तर्फ आर्मीकै चित्रसिंह ठकुरी, रामचन्द्र बराल, लुमन्ती श्रेष्ठ र बिन्दू पुनले स्वर्णपदक जितेका छन् ।
अर्को विभागीय टोली सशस्त्र प्रहरीले ६ ओटा स्वर्णपदकसहित ३ रजत र ४ कास्यपदक जितेको छ ।
सशस्त्रका तर्फबाट उसुको ‘थावलु’तर्फ सुस्मिता तामाङ र ‘सान्सौं’तर्फ अशोक खालिङ, अमर सुनार, मंगल प्रसाद थारु, सन्जीव महर्जन, तेज बहादुर पल्लीले स्वर्णपदक जितेका छन् ।
नेपाल पुलिस क्लबका तर्फबाट प्रेमचन्द्रसिंह दर्लामी र जुनी राईले उसुको ‘सान्सौं’ तर्फबाट स्वर्णपदक पाए ।
मध्यमाञ्चल विकास क्षेत्रले उसुमा ३ ओटा स्वर्ण जितेको छ । घरेलु मैदानमा आयोजना गरिएको सातौं राष्ट्रिय खेलकुदको उसुतर्फ पूर्वाञ्चल स्वर्णपदकविहीन भएको छ ।
मध्यपश्चिमाञ्चललाई उसुको ‘थावलु’तर्फ एउटा स्वर्णपदक प्राप्त भएको छ ।
सुदूरपश्चिमाञ्चलबाट सान्सौंतर्फ एलिना चौधरीले स्वर्णपदक जित्न सफल भएकी छन् ।


from ARENA http://ift.tt/2ioNKra
via IFTTT

0 comments:

Post a Comment

add

 
Top