Photo of Milford Sound in New Zealand

मंसिर २४,इटहरी 
यतिबेला नेपाली कला क्षेत्र दु:खद समाचारले स्तब्ध बनेको छ । सानो पर्दाका लोकप्रिय हास्य कलाकार तथा गायक आरपी भट्टराईको असमायिक निधनको खबरले कला जगत मर्माहत बनेको हो । ’लाजालाम’ नामले परिचित भट्टराईलाई विराटनगरस्थित फुपुको घरमा शुक्रबार बिहान मृत भेटिएको हो । विहिबार साँझ खाना खाएर उनी सकुशल सुतका थिए । फूपुको घरमा हुने पूजामा सहभागी हुन उनी चार दिन अघि मात्र विराटनगर गएका थिए ।  ४२ वर्षका आरपी प्रेसर र सुगरको रोगबाट पीडित थिए । उनको निधनको खबरलाई उनका फ्यानहरुले पनि पत्याउन सकेका छैनन् । तर कलाकार दीपकराज गिरी–दीपाश्री निरौलाले आरपीको परिवारलाई उदृत गर्दै डिसीनेपालसँग उनको निधन भएको पुष्टि गरेका छन् । हास्य सिरियल ’५२ घुस्सा ५३ ठक्कर’ हुँदै ’तीतो सत्य’ मार्फत उनी ’लाजालाम’को नामले दर्शकमाझ परिचित भएका थिए । गायन क्षेत्रमा समेत सक्रिय आरपीको श्रीमती र २ छोरा छन् ।
डिसीनेपाल डटकमले केही कलाकारसँग आरपी भट्टराईलाई नजिकबाट नियाल्ने प्रयास गरेको छ । डिसीनेपाल कुराकानीमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले भावुक हुँदै भनिन् – "आरपी दाईको निधनले निकै दु:खित भएका छौँ । एक राम्रो कलाकार, राम्रो गायक हुन् आरपी दाई । धेरै वर्षदेखिको राम्रो सम्बन्ध थियो हाम्रो । उहाँले अभिनय गर्नुभएको चलचित्र ’छक्का पञ्जा’ले सय दिन मनाउन गईरहँदा दाई पनि निकै खुशी हुनुहुन्थ्यो । म र दीपक आज ४ बजे विराटनगर जाँदैछौँ । उहाँको अन्तिम संस्कार विराटनगरमा नै गरिने भएको छ ।"
त्यस्तै चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो सम्झनामा आरपी भट्टराईलाई मिलनसार सहकर्मीको रुपमा लिएका छन् । उनले भने – "मेरो हरेक काममा आरपी दाईले सल्लाह, सुझाव दिनुहुन्थ्यो । हरेक कार्यमा दाईले उत्साह थपिदिनुहुन्थ्यो । उहाँको अप्रत्याशित निधनले निकै दु:खी छु । उहाँको निधनले हास्य जगतले नै एउटा धरोहर गुमाएको महशुस भएको छ ।" यसै गरी कलाकार जितु नेपाल आरपी भट्टराईलाई यसरी सम्झन्छन् – "दीपक दाईले फोन गरेर आरपी दाईको निधको खबर सुनाउनुभयो । म एकदमै दु:खित छु । केही दिन अगाडि मात्र दाईसँगै काम गरेको थिएँ । उहाँ एकदमै सरल स्वभाव, राम्रो व्यवस्थापक, राम्रो गायक हुनुहुन्थ्यो । उहाँसँग मेरो पारिवारिक सम्बन्ध पनि निकट रहेको छ । उहाँको निधनले कला क्षेत्रमा नै धक्का पुगेको छ । "
डिसीनेपालसँगको कुराकानीमा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले आरपी भट्टराईको निधनले मर्माहत भएको बताए । "उहाँको निधनको खबर म कार्यक्रमको लागि जापान उड्ने क्रममा सुनेँ । आदरणीय मेरो आरपी दाईसँग मैले लगभग सय भन्दा बढी स्टेज प्रस्तुती दिएको छु । उहाँ एकदम मिलनसार र सहयोगी हुनुहुन्थ्यो । उहाँको निधन पत्याउनै सकिरहेको छैन । यो झुटो भईदिए हुन्थ्यो भन्ने लागेको छ ।"
                                                                                                            समाचार : राधा रोकाहा (डिसि नेपाल)



via IFTTT

from SHYANE http://ift.tt/2hcCMY6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top