Photo of Milford Sound in New Zealand

पौष ६, इटहरी,
चलचित्र ‘दर्पण छायाँ २’ बाट डेब्यु गरेका नायक तथा मोडल पुष्पल खड्का चलचित्र ‘मंगलम’मा देखिने भएका छन् । छबिराज प्रोडक्सनको ब्यानरमा नायीका शिल्पा पोखरेलले अभिनय संगै निर्माण गर्न लागेको चलचित्र ‘मंगलम’ मा उनि मुख्य भूमीकामा देखिन् लागेका हुन् । 
पुष्पलले नायीका शिल्पा संग थुप्रै म्युजीक भिडीयोमा समेत काम गरिसकेका छन् । चलचित्रमा पुष्पल र शिल्पा संगै मिथीला शर्मा मुख्य भूमीकामा रहनेछन् । माघको पहिलो साताबाट छायाँकनमा जाने ‘मंगलम’ लाई नवल नेपालले निर्देशन गर्दैछन् । 
प्रेमकथामा निर्माण हुने चलचित्रमा आफु रोमान्टीक नायकको रुपमा प्रस्तुत हुन लागेको नायक खड्काले बताए । सुदूरपश्चिममा जन्मिएका नायक खड्काले हालसम्म २०० बढी म्युजीक भिडीयोमा काम गरिसकेका छन् ।
                                                                                                                     समाचार : FilmyBazar



via IFTTT

from SHYANE http://ift.tt/2ifDXml
via IFTTT

0 comments:

Post a Comment

add

 
Top