Photo of Milford Sound in New Zealand

पुस ७ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।


सुनसरीको दुहबी मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाल प्रहरी र मध्यमाञ्चल तथा सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लव भिड्नेछन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछन् ।
बुधबार भएका समुहका खेलहरुसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बुधबार समूह ‘ए’ को खेलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले १÷१ गोलको बराबरी खेले । बराबरीसँगै प्रहरी समूह विजेता तथा सशस्त्र उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो ।
त्यस्तै समूह ‘बी’ को खेलमा आर्मी र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । योसँगै आर्मी समूह विजेता तथा मध्यमाञ्चल उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
समुह चरणका अन्तिम खेल आज (बुधबार) हुनेछन् । आज पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तथा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले सान्त्वना जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।


from ARENA http://ift.tt/2ihH4dQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top