Photo of Milford Sound in New Zealand

माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । पेरिस्कोपमा आधारित उक्त फिचर एप्पल तथा एन्ड्रोइड दुबै स्मार्टफोनमा उपलब्ध रहेको र अब प्रयोगकर्ताले आफ्ना फलोअर्ससँग आफ्ना लाइभ भिडियो प्रत्यक्ष रुपमा शेयर गर्न सक्ने बताइएको छ ।
विश्वमा के ट्रेण्डिंग भैरहेको छ भन्ने कुरा पत्ता लगाउन ट्वीटर सबैभन्दा लोकपि्रय माध्यम भैरहेको अवस्थामा ट्वीटरको लाइभ भिडियो ब्रोडकास्ट फिचर निकै लोकपि्रय बन्ने अपेक्षा गरिएको छ ।
कार्यात्मक रुपमा ट्वीटरको लाइभ ब्रोडकास्टिंग फिचरले फेसबुकको लाइभ स्टि्रमिंग फिचरमा जस्तै गरी काम गर्दछ । ट्वीटरका दर्शकहरुले लाइभ भिडियोमा रहेको व्यक्तिसँग लाइक कमेन्ट, शेयर तथा रिटि्वट गरेर प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्न सक्दछन् ।
लाइभ ब्रोडकास्ट गर्नका लागि ट्वीट कम्पोज गरी लाइभ अप्सनमा ट्याप गर्नुपर्छ । त्यसले तपाइँलाई पि्र ब्रोडकास्ट देखाउँछ जहाँ तपाइँले आफूलाई चाहिने कन्पिmगुरेसन मिलाउन सक्नुहुन्छ ।
जब तपाइँले सबै मिलाउनुहुन्छ तब लाइभ सुरु गर्नका लागि गो लाइभ बटनमा ट्याप गर्नुहोस् । ट्वीटर प्रयोगकर्तासँगै ट्वीटरको भिडियो स्टि्रमिंग सेवा पेरिस्कोपका प्रयोगकर्ताले पनि लाइभ भिडियो देख्न तथा त्यसमा अन्तरक्रिया गर्न पाउनेछन् ।
पेरिस्कोपका सिइओ केभोन बेकपोरले टि्वटरको नयाँ फिचरबारे टिप्पणी गर्दै भनेका छन्, हामीले मानिसहरुलाई आफ्ना दर्शक श्रोतासँग लाइभ भिडियो शेयर गर्ने शक्ति प्रदान गर्नका लागि पेरिस्कोप सुरु गर्यौँ ।
यो फिचरलाई सिधै ट्वीटर एपमा ल्याउनु भनेको निकै महत्वपूर्णक कदम हो । किनकी यसले त्यो शक्ति ट्वीटर प्रयोग गर्ने दशौँ लाख मानिसमा ल्याइदिनेछ । दुनियाँमा के भैरहेको छ भन्ने कुरा थाहा पाउन मानिसहरु जाने ठाउँ बनिसकेको छ ट्वीटर । र, यो अपडेटबाट अब जो कोही पनि के भैरहेको छ भन्ने कुराको लाइभ प्रशारण गर्न सक्नेछन् ।


from SHYANE http://ift.tt/2i87dQi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top