Photo of Milford Sound in New Zealand

पुस ४ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

पुस ८ देखि १५ सम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
परिषदका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिको तयारी पूरा भएकाले अब कुनैपनि परिवर्तन नहुने बताए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन पुस ८ गते विराटनगरको सहिद रंगशालामा हुनेछ ।
प्रतियोगितामा २ हजार ३ सय ३ जना खेलाडी छनोट भएका छन् । जसमा १ हजार ६ सय ६९ जना महिला खेलाडी रहेका छन् ।
प्रतियोगिातमा २ सय ९४ स्वर्ण २ सय ९४ रजत र ४ सय ४७ कास्य पदक गरी कुल १ हजार ३५ पदका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।


from ARENA http://ift.tt/2hgAeFg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top