मङ्सिर २७, इटहरी,
गएको बर्षको हिट चलचित्र ‘प्रेमगीत’को अर्को भाग ‘प्रेमगीत २’को छायांकन सुरु गरिएको छ। सोमबार पशुपतिनाथ मन्दिरदेखि सुरु भएर चावहिल गणेश मन्दिरमा पूजाअर्चनासहित शुभसाइत गरियो ।
काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बहुल म्यानमारको रंगुन लगायतका थलोमा फिल्म सुट हुनेछ । दोस्रो विश्वयुद्धदेखि तत्कालिन बर्मा (म्यानमार)मा बस्दै आएका नेपालीलाई सांस्कृतिक र भावनात्मक सम्बन्ध गाँस्ने कडीको रुपमा प्रेमगीत २ स्थापित हुने विश्वास आशुसेन फिल्मका जनसम्पर्क अधिकृत रेशम शाहले लिए । फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन समावेश हुनेछ । यसपटक प्रेमगीतको दोस्रो संस्करणलाई लिएर दर्शकमाझ पर्खाइ छ । आगामी भदौमा रिलिज डेट लक्ष्य राखिएको छ ।
समाचार : NamasteFilmy
via IFTTT
from SHYANE http://ift.tt/2hqcnE0
via IFTTT
0 comments:
Post a Comment