Photo of Milford Sound in New Zealand


पुष ४।  पूर्वी मोरङका विद्यालयमा कराँते सिक्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।  कराँते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्रा लिम्बूले विद्यार्थीलाई कराँतेको प्रशिक्षण दिन थालेपछि एकाएक विद्यार्थीको आकर्षण कराँतेतर्फ मोडिएको हो । पूर्वी मोरङमा कराँतेप्रतिको आकर्ष(ा बढ्दै जाँदा विद्यालयमा पनि यसले प्रभाव जमाउन थालेको हो । जाडो मौसम सुरु भएपछि कराँते खेलप्रति अझ बढी आकर्षण हुने गरेको कराँतेप्रेमी बताउँछन् । स्वास्थ्य तन्दुरूस्ती राख्नाका लागि साथै स्वदेश– विदेशमा सेना र प्रहरी, चौकीदार, बन्सर आदिका रुपमा काम गर्न सितेरियो कराँते सिकेका खेलाडीलाई बढी फाइदा हुने नेपाल सितेरियो कराँते सङ्घ उर्लाबारीका प्रशिक्षकसमेत रहनुभएका लिम्बू बताउनुहुन्छ ।
इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित, गुरुचेलाबीच सुमधुर सम्बन्ध कायम राख्नका लागि समेत कराँते खेल बढी उत्तम रहेको प्रशिक्षक थोप्राको भनाइ छ । विसं २०४६ मा धनकुटामा तालिम लिई हाल उर्लाबारी–४ निवासी प्रशिक्षक लिम्बूले पूर्वी मोरङका उर्लाबारी, पथरी, राजघाट, मधुमल्ला, टाँडी र सिजुवासम्म पुगेर कराँतेप्रति विद्यार्थीलाई आकर्षित गर्दै तालिम दिँदै आउनुभएको छ । अहिले उर्लाबारी–४ को पशुपति बोर्डिङ, उर्लाबारी–१ आइतबारेको सेन्ट स्टेफेन्स बोर्डिङ, पथरीको एभरेस्ट बोर्डिङ, दमक ताराबारीको पाथीभरा बोर्डिङ र सिजुवाको मुनाल बोर्डिङका विद्यार्थीलाई कराँते प्रशिक्षण दिइएको छ ।
यस्तै बिहान २० प्रशिक्षार्थीलाई पशुपति बोर्डिङमा प्रत्येक दिन कराँते सिकाइरहेको उहाँले बताउनुभयो । दुई दशक बढी समय कराँते खेलमा रत्तिनुभएका प्रशिक्षक लिम्बूले हालसम्म २४ जनाभन्दा बढीलाई ब्लाक बेल्ट गराइसक्नुभएको छ । कतार र साउदी जस्ता देश घुमफिर गरी विदेशको समेत अनुभव सँगाल्नुभएका प्रशिक्षक लिम्बू कराँतेका राष्ट्रिय रेफ्रीसमेत हुनुहुन्छ ।
यस्तै देशविदेशमा भएका कराँते खेलमा भाग लिएर निर्णायक तहमा काम गरेको उहाँसँग अनुभव छ । उर्लाबारी नगरस्तरीय खेलकुद विकास समितिका सदस्यलगायत आधा दर्जन बढी सामाजिक सङ्घसंस्थामा आबद्ध उहाँ कराँते खेलबाट मानिसको व्यक्तिगत विकासका साथै शारीरिक, बौद्धिक क्षमताको विकास हुने बताउनुहुन्छ । सिकाइका क्रममा अङ्ग्रेजी र जापानी भाषाको प्रयोग गरिने कराँते खेलप्रति यतिबेला पूर्वी मोरङका गाउँ गाउँमा समेत आकर्षण बढेको नगरस्तरीय खेलकुद विकास समिति उर्लाबारीका अध्यक्ष भीष्म बुढाथोकीले बताउनुभयो ।


from ARENA http://ift.tt/2hOZVgC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top