मंसिर २५, मनिश अन्जान-काठमांडौ,
एउटा कलाकारका लागी आफु अभिनित चलचित्र कति प्यारो होला ? तपाईको झट्टै उत्तर आउन सक्छ आफ्नो सन्तान सरह । हो, एउटा कलाकारका लागी आफु अभिनित चलचित्र आफ्नो सन्तान सरह नै हुन्छ किनकी तिनै चलचित्रले नै हो उनीहरुको अगाडीको भविष्य तय गर्ने भनेको । त्यसैले त उनीहरु आफु अभिनित चलचित्रहरु सफल मात्रै भइदिए हुन्थ्यो भन्ठान्छन् तर कहिले काहिँ त्यसको विपरित भइदिँदा उनीहरु छाँगाबाट खसे जस्तो हुनु स्वभाविकै हो । अझ लगातार आफु अभिनित चलचित्रहरु असफल भईदिँदा त झन एउटा कलाकारलाई कस्तो पीडा हुन्छ होला ? त्यो उनीहरु भन्दा बाहेक अरु कसले पनि जान्न सक्दछ र तर हामी कल्पना भने गर्न सक्छौ । आफु अभिनित चलचित्रहरु लगातार असफल भईदिँदा करियर नै चौपट भएका उदारहणहरु खोज्न धेरै टाढा पनि जानु पर्दैन । यस्ता उदारहणहरु नेपाली चलचित्र क्षेत्रमा नै बग्रेल्ती छन् ।
त्यसैले त कलाकारहरु सकभर राम्रो ब्यानर र उत्कृष्ट कथावस्तु भएको चलचित्र खोज्ने धाउन्नमा हुन्छन् ।हुनत, यो अनौठो होइन किनकी उनी म्यूजिक भिडियोबाटै नेपाली चलचित्रमा भित्रिएकी हुन् तर चलचित्रकी नायिका भएपछि उनले म्यूजिक भिडियो तर्फ कम सक्रियता देखाउँदा आफ्नो क्रेज जोगाउन भने सजिलो हुन्छ । सस्तो लोकप्रियताको पछाडी दौडिदा भोलीका दिनमा आफ्नो क्रेज सखाप हुन पनि समय लाग्दैन । तर, केकीको केही बर्षयताको दैनिकी हेर्ने हो भने चलचित्रलाई भन्दा म्यूजिक भिडियोमा उनको सक्रियता बढी नै छ । घरको आर्थिक पाटोमा समेत आफुले सहयोग गर्नु पर्ने भएका कारण केकी एकै दिन त होनी भिडियोमा भन्दै सस्तो लोकप्रियता प्राप्तिको दिशामा दौडिरहेकी छिन् । जसले गर्दा पछिल्लो समय नेपाली निर्माताहरु पनि केकीलाई आफ्नो चलचित्रमा लिनका लागी नाक खुम्चाउने गरेका छन् ।
दैनिक जसो सार्वजनिक हुने केकीका म्यूजिक भिडियोले चलचित्रलाई समेत असर गर्ने भएका कारण निर्माताहरुले नाक खुम्चाउनु पनि स्वभाविक हो । तर, नायिका केकीले म्यूजिक भिडियोबाटै आफ्नो दैनिकी चलाइरहेकी छिन् । केकी मात्र होइन महानायकको उपाधि समेत पाएका नायक राजेश हमाल त लोकदोहोरी म्यूजिक भिडियो खेल्न पछि पर्दैनन् भने अरु कलाकारले म्यूजिक भिडियो खेलेर आफ्नो क्रेज चौपट बनाउँदैछन् भन्नु पनि गलत हो । तर यो चाहिँ पक्का हो म्यूजिक भिडियोले गर्दा एउटा कलाकारको फिल्मी करियरलाई भने ठूलै धक्का दिन्छ ।
via IFTTT
from SHYANE http://ift.tt/2guXG3m
via IFTTT
0 comments:
Post a Comment