Photo of Milford Sound in New Zealand

मङ्सिर २७, (सुवास संकल्प)-इटहरी,
नेपाली सिनेप्रेमीहरु माझ अझै पनि फिल्म सायदको क्रेज कायमनै छ, यो यसबाट पनि थाहा हुन्छ कि फिल्म सायद २ को अफिसियल पोस्टर र ट्रेलर रिलिज पछिको चर्चापरिचर्चा । नेपाली सिने जगतमा निर्माण हुने पछिल्लो समयका चलचित्र हरुले आ-आफ्नै कन्सेप्ट्मा फिल्म प्रचारको शैली अपनाउने गरेका छन । यहि शैली लाई पछ्याउँदैछ रिलिजको तयारिमा रहेको फिल्म सायद २ ले । फिल्मका निर्माता सुनिल रावलका अनुसार अब फिल्म सायद को सुपरहिट गीत "सयाद...." को आफ्नै नया शैलीमा कभर Mp3 गाउने अवसर प्रदान गर्ने भएको छ ।
नया प्रतिभाको खोजी अभियान को रुपमा पनि लिइएको यो शैली यति मा मात्र सिमित नभई उत्कृष्ट कभर गाउने लाई सायाद २ मा फिचरिङ को अवसर दिइनेछ भने जस्को म्युजिक भिडियो पनि निर्माण गर्दिने भएको छ । साथै उत्कृष्ट कभर Mp3 गाउने लाई प्रोत्साहन स्वरुप नगद रु पचास हजार पनि दुर्गिश फिल्मस ले दिने छ । आफ्नै सैलिको कभर गाउन इच्छुक नया प्रतिभाले आफुले गाएको कभर (Mp3) दुर्गिश फिल्मसको अफिसियल फेसबुक पेज अथवा durgishfilms@gmail.com मा पठाउनु पर्नेछ । कभर Mp3 पठाउने अन्तिम मिति १५ जनवरी लाई तोकिएको छ ।
निर्मात्री दुर्गिश थापाको जन्मदिनको छेकोमा एसएलसीलाई लक्षित गरेर चैत ४ गतेलाई रिलिज मिति तय गरेपनि चैत ३ गते एसएलसी हुने भएपछि निर्माता रावलले सामाजिक संजाल फेसबुक बाट सम्पुर्ण दर्शकमाझ माफी माग्दै अर्को उपयुक्त रिलिज मिति तय गर्ने जानकारी गराएका छन । दुर्गिश फिल्मसको ब्यानरमा पुष्पराज न्यौपानेले सायद २ लाई निर्देसन गरेका छन भने फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, सुनिल रावलको मुख्य भूमिका रहेको छ । 
सायदको टाईटल गीत :





via IFTTT

from SHYANE http://ift.tt/2gRxdLc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top