Photo of Milford Sound in New Zealand

पौष ४।  उपाधिको दाबेदार आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थामा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ के जित निकालेको हो ।
सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा आर्सनलले पाँचौ मिनेटमा नै वालकाटको गोलबाट अग्रता लिएको थियो । र, पहिलो हापमा यो अग्रता कायमै राख्यो ।
र, दोस्रो हाफको सुरुमा नै सानेले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । ७१ औं मिनेटमा स्टर्लिङले गोल गरे ।
पहिलो हाफमा पछि परेको सिटीमा उसका मुख्य खेलाडी एग्युरोको अभाव खड्किएको थियो । जुन, भूमिका दोस्रो हाफमा केभिन डि ब्रुयेनले निभाए । उनकै पासमा स्टर्लिङले गोल गरे ।
यो जितसँगै म्यानचेष्टर सिटी १७ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर चेल्सीभन्दा अझै ७ अंकले पछाडि छ ।


from ARENA http://ift.tt/2h0DuGV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top