Photo of Milford Sound in New Zealand

के तपाईं रोबोटसँग सेक्स गर्नुहुन्छ ? कुनै रोबोटसँग बिहे गर्नुहुन्छ ? के कुनै रोबोटसँग तपाईंले राख्न खोज्ने यस्ता सम्बन्ध नकार्ने हक होला ? केही यस्तै प्रकारका प्रश्नहरु बेलायतको लण्डनस्थित गोल्डस्मिथ विश्वविद्यालयमा भएको एक सम्मेलनको क्रममा उठेका छन् ।
उक्त विश्वविद्यालयमा भएको लभ एण्ड सेक्स विथ रोबोट विषयक दोश्रो सम्मेलन साँच्चिकै गरमागरम भयो । मलेसिया सरकारले सम्मेलनमा रोक लगाएपछि उक्त सम्मेलन लण्डनमा भएको हो ।
सम्मेलनमा केही विवादीत विषय उठेका छन् । सम्मेलनमा यौनउद्योगको विषयमा कसैले गुनासो र आलोचना पनि गरेनन् भने कुनै सेक्स रोबोट प्रदर्शनीमा पनि राखिएन । जसका कारण कतिपय मानिसलाई सम्मेलनको औचित्यमाथि नै प्रश्न उठाउने मौका मिल्यो ।
रियल डल्स क्यालिफोर्नियाको सेक्स टोय बनाउने एउटा प्रमुख कम्पनी हो । आउँदो वर्ष कृत्रिम विवेकयुक्त सेक्स डल बनाउने उसले जनाएको छ । यदि यसो भयो भने यो डाक्टर डेभिड लेभी जस्ता मानिसहरुको दाबीलाई सहित सावित गर्नेछ । जसले लामो समयदेखि मानिस जस्तै देखिने बुद्धिमान रोबोटको युगको पैरवी गरिरहेका छन् ।
सम्मेलनको अन्त्यमा भाषण गर्दै उनले मानिस र एन्ड्रोइडबीचको अन्तरंग सम्बन्धको कुरा गरे । उनले भने: आउँदो दश वर्षमा यस्तो सफ्टवेयर तयार गरिनेछ जसको सहयोगले एउटा यस्तो रोबोट तयार हुनेछ जसमा एक पार्टनरका सबै गुण रहनेछन् ।
जस्तै प्रेम, विश्वास, सम्मान तथा सहनशीलता । यदि कोही मानिस सम्बन्धमा टकराव मन पराउँछन् र कोही आक्रामक स्वभावको रोबोटसँग बिहे गर्न चाहन्छन् भने पनि उनीहरुले खोजेजस्तै रोबोट पाउनेछन् । यद्यपि यस्तो प्रकारको रोबोट पार्टनरको विषयमा नैतिक प्रश्न पनि उठिरहेका छन् । तर कानूनले यस्ता रोबोटलाई मानिसको दर्जा दिनु आवश्यक रहेको लेभी बताउँछन् ।
यद्यपि यो कुनै टाढाको विषय लाग्नसक्छ । तर यो वर्ष कैयन् कम्पनीहरु, बौद्धिक जगत र सरकारी प्रतिनिधिहरुबीच यो विषयमा माथापच्ची भयो ।
जहाँसम्म रोबोटको अधिकारको कुरा छ , यस विषयमा डाक्टर डेभिडको धारणा निकै फरक छ ।
उनकाअनुसार यदि रोबोटको व्यवहारबाट उसले विवाह गर्न चाहेको भाव बुझियो भने हामीले उसको निर्णयलाई मान्नु पर्दछ ।
अहिलेसम्म जो रोबोट मानवीय व्यवहारअनुसार डिजाइन गरिएका हुन्छन्, तिनीहरु म्ानिस जस्तो नभइ मित्रवत व्यवहार गर्ने खिलौना जस्ता देखिन्छन् ।
विश्वविद्यालयका वरिष्ठ प्राध्यापक केट लेवनीका अनुसार लभ एण्ड सेक्स विद रोबोट नामक सम्मेलनमा सेक्स रोबोटको उद्योग कुन दिशामा अघि बढाउन सकिन्छ र यस विषयमा कानूनी र नैतिक मुद्दाहरु कसरी हल गर्ने भन्ने विषयमा बृहत छलफल भयो ।


from SHYANE http://ift.tt/2iq63zB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top