Photo of Milford Sound in New Zealand

हार्दिक श्रद्धासुमन।।।
राष्ट्रकवि माधवप्रसाद घिमिरे अव हामीमाझ रहनुभएन।
राष्ट्रकवि माधवप्रसाद घिमिरे (जन्म: वि.सं.१९७६ असोज ७ मृत्यु २०७४ जेष्ठ १४ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । उनी बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्ध जस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै अाएका बहुमुखी प्रतिभा हुन । प्रकृतिका अनेकन बिबिध पक्ष हरुलाई आफ्ना जिवन्त रचना हरुमा समावेश गर्दै जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाईहरु दिर्घसाधनाले भरिएका छन् । उनले १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए । उनका नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर-किन्नरी (२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ ।
सुरुवाती जीवन
माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो । जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।
पेशागत जीवन र अन्य
१४ वर्षको उमेरमा ज्ञानपुषप शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे । घिमिरे २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए ।
वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।
चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का रचनाकार घिमिरे का अन्य चर्चित गीत हरूमा 'फूलको थुङ्गा बगेर गयो' (तारादेवी) तथा 'आजै र राति के देखे सपना' (नारायण गोपाल) छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे ।
व्यक्तिगत जीवन
वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो ।
कृति
उनको काविक यात्राको पहिलो कृति 'नव मञ्जरी' वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू संग्रहित छन् ।
सम्मान तथा पुरस्कार
राष्ट्रकवि माधव प्रसाद घिमीरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।


from SHYANE http://ift.tt/2rdtS1l
via IFTTT

0 comments:

Post a Comment

add

 
Top