Photo of Milford Sound in New Zealand

विश्वका होचा व्यत्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्यमा थप समस्या आएसंगै मंगलबार सघन उपचारकक्ष (आईसियु) मा भर्ना भएका छन । खगेन्द्रको स्वास्थ्यमा समस्या देखा परेकोले विगत एक हप्ता देखी उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइ रहेकोमा मंगलबार विहान करिब ९ः४५ बजे खाना खादै गर्दा वेहोस भए पछि उनको थप उपचारको लागि आईसियुमा भर्ना गरिएको उनका बाबु रुप बहादुर थापा मगरले बताए ।

खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सक कमल कुमालले बताए। उनका अनुसार हाल खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार आएको छ तर उनको व्लड प्रेसरमा समस्या देखिएको छ । सामान्य वोलचाल तथा दिशा पिसाव समेत गरेका खगेन्द्रको व्लड प्र्रेसर नसुनिएको कारणले गर्दा हाल त्यसको उपचारको लागि औषधि दिईएको डा. कुमालले बताए । बुधबारसम्म व्लड प्रेसरमा थप सुधार नभए काठमाण्डौं रिफर गर्नुपर्ने अबस्था समेत आउन सक्ने उनले बताए ।

खगेन्द्रको स्वासप्रश्सावमा समस्या, हेमो ग्लोविन कमी,सेतो रगत आवश्यक भन्दा बढी देखिएको लगायतको कारणले गर्दा एक हप्ता देखि अस्पतातमा उपचार भइ रहेको अबस्थामा मंगलबार एकाएक उनको स्वास्थ्यमा समस्या आए पछि आईसियुमा राखिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर राना मगरले बताए ।

आईरनको कमि तथा हावापानीको कारणले गर्दा खगेन्द्रको स्वास्थ्यमा समस्या आएको हुन सक्ने चिकित्सकहरु बताउछन । खगेन्द्र नेपालकै गौरव भएकोले उनको उपचारमा अस्पतालले सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष राना मगरले बताए । खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएको छ । बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन । उनले विश्व कृतिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो । उनलाई अझै पनि विश्वका विभिन्न देशले निमन्त्रणा गर्ने गरेका छन ।
source:karnalikhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBiAEQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top