Photo of Milford Sound in New Zealand

बाजुरामा सेनाको जहाज दुर्घटना जेष्ठ १६, २०७४- नेपाली सेनाको जहाज बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ । कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो ।

काठमाडौैस्थित हवाई निर्देशनालय स्रोतका अनुसार पाइलट गम्भीर घाइते छन् । उनको बाजुरा अस्पतालमा उपचार भइरहेको छ ।

सुर्खेतबाट हुम्लाका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक विमान बाजुरामा दुर्घटनामा परेको छ । हुम्लामा ल्याण्ड गर्न नसकेर बाजुराको कोल्टी विमान स्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा पाइलट र को पाइलट घाइते भएका प्रहरीले जनाएको छ । विमानमा आगो लागेको तथा सेना र स्थानीयको सकृयतामा आगो नियन्त्रणमा लिइएको छ । घटनाको पूर्ण विवरण आइसकेको छैन ।

दुई दिनअघि काठमाडौंबाट लुक्ला विमानस्थलतर्फ उडेको गोमा एयरको कार्गो विमान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा चालक दलका २ जनाको निधन भएको थियो भने एक जना परिचारिका घाइते भएकी थिइन । भिडियोः

तस्बिर सौजन्य: नरेशकुमार शाही साभारः कान्तिपुरदैनिक

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2riRUrE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top