Photo of Milford Sound in New Zealand

काठमाडौं, १७ जेठ । चार दिनभित्र दुईवटा प्लेन दुर्घटना भएर तीन पाइलटको मृत्यु भएपछि क्याप्टेन विजय लामा आत्तिएका छन् । चार दिनअघि सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक पारसकुमार राई र श्रीजन मानन्धरको मृत्यु भएको थियो ।

मंगलबार बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा नेपाली सेनाको स्काईट्रक विमान दुर्घटना हुँदा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ । दुई दुर्घटनाबाट होनाहार तीन क्पाप्टेनको गुमाउनुपर्दा नेपाली चलचित्रका नायक तथा वरिष्ठ क्याप्टेन विजय लामा चिन्तित भएका हुन् ।

उनले बुधबार बिहान फेसबुकमा स्टाटस राख्दै एक पछि अर्को दुर्घटनाले आफू रातभर सुत्न नसकेको उल्लेख गरेका छन् । लामाले लगातारको दुर्घटनाले आफूलाई निकै चिन्तित बनाए र पीडादायी घटना भएको बताएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rjkJ5a
via IFTTT

0 comments:

Post a Comment

add

 
Top