Photo of Milford Sound in New Zealand

चलचित्रमा कमेडियनको भुमिका एकदमै धेरै महत्व राख्ने गर्छ । यसकारण बलिउडदेखी साउथकोे फिल्म उद्योगसम्म बन्ने लगभग सबैजसो फिल्महरुमा कमेडियनहरुको आवश्यकता हुन्छ । बलिउडजस्तै साउथ इन्डियामा पनि धेरै प्रकारका कमेडियनहरु छन् । यसमध्ये ब्रम्हानंदम सबैभन्दा बढि परिचित छन् । उनले अहिलेसम्म लगभग एक हजारभन्दा बढि फिल्ममा काम गरिसकेका छन् ।

आफ्नो करिअरको सुरुवात एक सानो रोलबाट गर्ने ब्रम्हानंदम अहिले साउथको मात्र नभई बलिउडकै चर्चित कमेडियन हुन् । कलेजमा उनी प्राय केटीहरुको क्यारिकेचर गरे हसाउँथे । उनको परिवारको आर्थिक स्थिती एकदमै खराब थियो । आफ्नो परिवारमा यिनी एकमात्र यस्ता ब्यक्ति हुन् जसले एम.ए. सम्मको शिक्षा हाँसिल गरेको छ ।

चिरपरिचित तेलुगु फिल्मको डाइरेक्टर जन्धयालाले ब्रम्हानंदमलाई ‘मोद्दाबाई’ नामको नाटकमा अभिनय गरेको पहिलो पटक देखे । उनको अभिनयबाट जन्धायाला यति प्रभावित भए की उनले ‘चन्ताबाबाई’ नामको फिल्ममा ब्रम्हानंदम लाई एक सानो रोलको लागी अफर गरे र यहि फिल्मबाट ब्रम्हानंदमको फिल्मी करिअरको सुरुवात भयो । उनी अहिले एकदिनको ३ लाख भारतीय रुपैँया फिस लिने गर्छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2riR12p
via IFTTT

0 comments:

Post a Comment

add

 
Top