Photo of Milford Sound in New Zealand

चितवन, जेठ १५ – चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थयो । त्यसबेला एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि हुनुहुन्थ्यो ।

त्यसपछि वडा नम्बर १९ को मत गन्न सुरु गरिएको थियो । वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो । यसबेलासम्म ज्ञवालीको अग्रता ७ सय ३३ देखियो । माओवादीले वडा नम्बर १९ मा ज्ञवालीसँगको मत अन्तर अझै कम हुने अपेक्षा गरेकामा त्यो नभएपछि मतगणनामा अवरोध गरेको एमालेका नेताले आरोप लगाएका छन् । मतपरिणाम अपडेटपछि फेरि गन्न सुरु गरेलगतै माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको एमालेका मेयरका उम्मेद्वार ज्ञवालीले आरोप लगाउनुभयो ।

मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीलाई पक्राउ गरेको छ । यस्तै मतगणना स्थल बाहिर होहल्ला गरेको आरोपमा एमाले कार्यकर्ता गंगा लामा पक्राउ परेका छन् ।
आयोगसँगको परामर्शमा अघि बढ्ने

घटनापछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले आफू शौचायल गएका बेला घटना भएको बताउनुभयो । आफू शौचालय गएर फर्किँदा मतगणनास्थल रणभूमिका परिणत भएको र आफूले तत्कालका लागि मतगणना स्थगित गरेको उहाँले बताउनुभयो । अब प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएर आयोगले भने अनुसार अघि बढ्ने उहाँले जानकारी दिनुभयो । source:ujyaaloonline.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rb97RF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top