Photo of Milford Sound in New Zealand

एजेन्सि – एडिबोया र एजिबोला टाइवो दम्पतीले बिहेपछि सन्तानका जन्माउन वर्षोैं अनेकौं प्रयास गरे । उनीहरूको प्रयास १७ वर्षपछि आएर फलिफाप भयो– अहिले उनीहरू एकसाथ ६ सन्तानका बाबुआमा भएका छन् । यही मेको मध्यमा जन्मेका सन्तानमध्ये ३ जना छोरी र ३ जना छोरा छन् । सबै ६ जना रहरलाग्दा नवजातको स्वास्थ्य सामान्य छ, यद्यपी उनीहरू सबैको जन्मदाको वजन भने ३ पाउन्डभन्दा मुनि नै थियो।

एजिबोलाले रिचमन्डस्थित भर्जिनिया कमनवेल्थ विश्वविद्यालय मेडिकल सेन्टरमा सिजेरियनबाट सबै ६ सन्तान जन्म दिएकी हुन्।

नाइजेरियाको पश्चिमी भूभागबाट आएका एजिबोला र उनका पति एडिबोयाले डेढ दशकभन्दा बढी सन्तान प्राप्तिका लागि प्रयास गरे पनि एजिबोला गर्भवती भइनन्।

तर गत नोभेम्बरमा भने पहिलोपल्ट अल्ट्रासाउन्ड गर्दा एजिबोलाको पेटमा चार वटा मुटु धड्किएको सुन्दा टाइबो दम्पतीको हर्षको सीमा रहेन । यस वर्षको सुरुमा फलोअपमा उनीहरूले एजिबोलाको गर्भमा ४ नभएर ६ सन्तान हुर्किरहेको थाहा पाए।

‘म दंग परें,’ एडिबोलाले भने, ‘हामी पहिलोपल्ट आमाबाबु हुन लाग्दै थियौं।’

जोखिम
एकैपल्ट ६ सन्तान जन्मनु दुर्लभ घटना हो । उपलब्ध तथ्यांक अनुसार अमेरिकामा सन् २०१५ मा करिब ४० लाख शिशु जन्मिए । तर तीमध्ये चम्ल्याहा वा एकैपल्ट त्यसभन्दा बढी शिशु जन्मेका घटना भने जम्मा जम्मी २४ वटा मात्र थिए।

६ शिशु जन्मदा अत्यधिक मेडिकल समन्वयको आवश्यकता पर्छ । एजिबोलाको गर्भमा ६ सन्तान हुर्कंदै गरेको थाहा पाउनासाथ सेन्टरले प्रशव गराउन ४० जना चिकित्सकको समूह बनायो । समूहले ६ शिशुको जन्म सहज बनाउन प्रशव गराउने र पुनर्जीवन दिने अभ्यास गरे।

‘यस्तो प्रशवमा एउटा वा दुईटा शिशुको भने पूर्ण विकास भएको हुँदैन वा समय पुगेको हुँदैन । लगातार ६ शिशुको सफलतापूर्वक सुत्केरी गराउन अस्पतालको एलआइसियुका हाम्रा साथीसँग हामीले समन्वय गर्‍यौं,’ भर्जिनिया रिचमन्ड विश्वविद्यालयकी प्रशव तथा गर्भ विशेषज्ञ डा सुसन लेनीले भनिन्।

प्रशव
३० साताको गर्भधारणपछि प्रशवको दिन आयो । मे ११ तारिख बिहान ८ः२६ बजे एजिबोला सुत्केरी भइन् र ६ सन्तान जन्माइन् । नवजातहरू १।१० पाउन्डदेखि २।१५ पाउन्डसम्मका थिए । सबैको स्वास्थ्य थियो।

‘यो चिकित्सा क्षेत्रको एउटा आश्चर्यजनक उपलब्धि थियो, जुन हाम्रो प्रसूति र नवजात शिशु विभागको विशेष समन्वयबिना सम्भव थिएन,’ रिचमन्डस्थित भर्जिनिया कमनवेल्थ विश्वविद्यालय अस्पतालको नवजात शिशु सघन उपचार केन्द्र ९एनआइसियु०का मेडिकल निर्देशक डा रसेल मुरले भने।

एबिजोला ६ सन्तानलाई जन्म दिएको एक सातापछि अस्पतालबाट डिस्चार्ज भइन् । तर उनका ६ जनै छोराछोरी भने हेरचाहका लागि एनआइसियुमा नै राखिएको छ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

६ छोराछोरी पाएर दंग एबिजोला भन्छिन्, ‘म चाहन्छु, मेरो सबैभन्दा कान्छो सन्तान पनि हुर्कियोस् र भनोस् म कति सानो थिएँ र अहिले मलाई हेर म कत्रो भएँ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r3kkVZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top