Photo of Milford Sound in New Zealand

नायिका श्वेता खड्का एकिकृत बस्ती शिलान्यास कार्यक्रममा बोल्दा बोल्दै भक्कानीएकी छिन् । सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १ का माझी बस्ती निर्माणमा सहयोग गर्ने र हौसला दिनेहरुलाई सम्झँदै उनी भक्कानीएकी हुन् ।

श्वेताले स्वर्गिय श्रीकृष्ण श्रेष्ठको तस्विर छुँदै पति जन्मिएको जिल्लामा एकिकृत बस्ती निर्माण गर्ने आँटलाई पुरा गरेरै छाड्ने अठोट व्यक्त गरेकी छिन् । स्वर्गिय पतिको कसम खाँदै उनले गरिब तथा पिछडिएका ६२ परिवार माझीहरुका लागि एक वर्षभित्र नयाँ घर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

२० रोपनी जग्गामा निर्माण हुन लागेको बस्तीका प्रत्येक घर चार रोपनीमा निर्माण हुनेछन् । स्थानीय कला संस्कृति झल्कने गरी निर्माण हुने बस्तीको श्वेता श्री फाउण्डेशनकी अध्यक्ष श्वेता खड्का र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ डा. गोविन्दराज पोख्रेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा नायिका श्वेता खड्कालाई हौसला दिन स्थानीय जनप्रतिनिधिका साथमा काठमाण्डौँबाट थुप्रै कलाकार एवं चर्चित व्यक्तित्व पनि इन्द्रावति किनारको माझी बस्ती पुगेका थिए । शिलान्यास कार्यक्रमको दौरानमा पनि कतिपय कलाकार तथा सहयोगी मनहरुले श्वेताश्री फाउण्डेशनलाई बस्ती निर्माणका लागि सहयोग प्रदान गरेका छन् ।

यस्तै, डा. गोविन्दराज पोख्रेल, डा. भोला रिजाल, पूर्व सेनापति रुक्मांगद कटवाल, जितु नेपाल, आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाईलगायतले श्वेतालाई बस्ती निर्माणको लागि शुभकामना दिएका छन् । भूकम्प पिडितले पाउने अनुदानमा नपुग रकम श्वेता श्री फाउण्डेशनले थप गरेर बस्ती निर्माण गर्नेछ ।
gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r4yNks
via IFTTT

0 comments:

Post a Comment

add

 
Top