Photo of Milford Sound in New Zealand

काठमाडौं १५ जेठ – आइतबार मध्यराती माओवादीका प्रतिनीधिले मत पत्र च्यातेपछि मतगणना स्थगित भएको भरतपुर १९ मा फेरी मतदान हुने भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार मतगणना नसक्दासम्म मतपत्र च्यातिएमा यस्तो स्थानमा पुनः मतदान गराउनुपर्ने कानूनी व्यवस्था छ । यद्यपी यसबारेमा निर्वाचन आयोगले औपचारिक जानकारी भने गराएको छैन ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ मा रहेको यो व्यवस्था अनुसार मतगणना हुनुपूर्व मतपत्र नोक्सान भएमा,वा नष्ट भएमा,खोसिएमा मतगणना स्थगित गर्नुपर्ने हुन्छ । अहिले भरतपुरमा मतगणना स्थगित भइसकेको छ । भने चितवनका प्रमूख मतदान अधिकृतले कानून अनुसार यसको जानकारी निर्वाचन आयोगलाई गराइसकेका छन् ।
हेर्नुस यस्तो छ कानुनी ब्यवस्था

भरतपुरको अहिले वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको हो । जुन बुथको मतपत्र च्यातिएको छ । त्यहाँ चुनाव गर्नुपर्ने कानूनले भनेको छ । तर,यसको निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई छ ।
१९ नम्बर वडाको १८०९ मत गन्दासम्ममा एमालेका देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले ४० हजार ९ सय ८ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मत अन्तर ७ सय ३३ रहेको छ । यो भने को एमालेका लागि धेरै राम्रो मत हो । नेपाली कांग्रेको गड मानिएको यस क्षेत्रमा रेणुलाई कम मत परेपछि हार लगभग निश्चित प्राय भएको धेरैको अनुमान छ । हार स्वीकार्न नसकेर माओवादीले जङ्गली ब्यजहार देखाएको एमालेको आरोप छ ।

मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । ‘मतपत्र च्यातेर मतगणनास्थल रणभूमि बनाइयो,’ उनले संवाददाताहरुसित भने, ‘त्यसपछि मतगणना स्थगित भएको छ ।’
भरतपुरमा अब १९ नम्बर वडाको करिब १ हजार र २० नम्बर वडाको मत गन्न बाँकी छ । source:bigulnews.com

http://ift.tt/2qt5vcM

from SHYANE http://ift.tt/2rdQ23k
via IFTTT

0 comments:

Post a Comment

add

 
Top