Photo of Milford Sound in New Zealand

एजेन्सी । बलिवुड अभिनेत्री माधुरी दिक्षितको सुन्दरताको तारिफ गर्नेहरु धेरै छन् । उनी जति उमेर ढल्किँदै गयो त्यति नै सुन्दर हुँदै गएकी छिन् ।

बलिवुडमा डान्स बेबोको परिचय बनाएकी माधुरीको एउटा रहस्य अहिले भाईरल भएको छ ।

लगी आज सावनकी, ओ रब्बा कोई तो बताए, सपने मे मिलती है जस्ता चर्चित गीतका गायक सुरेश वाडकरले माधुरी दिक्षितको विवाह प्रस्तावलाई अस्वीकार गरेको कुरा अहिले चर्चामा आएको छ ।

माधुरीले सिनेमामा काम गरेको उनको परिवारलाई मन परेको थिएन । यहि कारण उनको परिवार उनको विवाहको लागि केटाको खोजीमा थियो । यहि क्रममा उनको विवाहको प्रस्ताव सुरेशकोमा पुग्यो ।

तर सुरेशले माधुरी दुब्ली, पातली भएको भन्दै विवाहको प्रस्तावलाई सोझै अस्वीकार गरे । त्यस पछि माधुरीको परिवार चिन्तामा पर्यो । उनीहरुलाई माधुरीले धेरै सिनेमामा काम गरेपछि उनीसँग कसैले विवाह नगर्ने चिन्ता थियो ।

पछि माधुरीको जीवनमा आए लण्डन बेस्ड डाक्टर श्री राम नेने । श्रीले माधुरीसँग सन् १९९९ मा विवाह गरेका हुन् । माधुरीका दुई छोरा १४ वर्षिय अरीन र १२ वर्षिय रायन छन् ।

सन् १९८४ को सिनेमा ‘अबोध’बाट बलिवुडमा डेब्यु गरेकी माधुरीले झण्डै ७० सिनेमामा काम गरेकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qBVoBw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top