Photo of Milford Sound in New Zealand

एजेन्सी, गर्मी सुरु भइसकेको छ । तराईमा गर्मीको तापमान निकै बढेको छ । तर संसारमा यस्ता देशहरु पनि छन्, जहाँ यति गर्मी हुन्छ की मानिसहरु बाँच्ने कल्पना पनि गर्न सक्दैनन् । यस्ता छन् विश्वकै अत्यधिक गर्मी हुने ठाउँहरु ।

१ दश्त–ए–लुत, इरान
यो विश्वको सबैभन्दा बढि गर्मी हुने ठाउँ हो । २००४ सालमा यहाँको ताममान ७० डिग्री पुगेको थियो भने २००५ मा ७०.७ डिग्री पुगेको बताइन्छ । यहाँ यति गर्मी छ की कुनै पनि जीव बाँच्न सक्दैनन् ।

२. क्वीन्सल्याण्ड, अष्ट्रेलिया
अष्ट्रेलियाको क्वीन्सल्याण्ड दुनियाको सबै भन्दा शुष्क महाद्वीपमा पर्छ । यो एक ठूलो मरुभूमि हो । सन् २००३ मा भयंकर शुख्खा भएको थियो । त्यो बेला त्यहाँ ६९.३ डिग्री तापमान पुगेको थियो ।

३. फ्लेमिङ्ग माउण्टेन, चीन

चीनको शिनजियाङ्ग प्रान्तको तियान सान पहाड श्रंखलामा रहेको फ्लेमिङ्ग माउण्टेन गर्मी इलाकामा पर्छ । यहाँ २००८ मा ६६.८ डिग्री तापमान पगेको थियो ।

४. केभ अफ द क्रिस्टल, मेक्सिको
मेक्सिकोको नैकामा एक क्रिस्टल गुफा रहेको छ । यो गुफामा यति गर्मी छ की यहाँ कोही पनि अनुसन्धानको लागि पस्नै सक्दैनन् । त्यहाँको तामक्रम ५८ डिग्री छ ।

५. अल–अजीजियाह, लिबिया

लिबियाको राजधानी त्रिपोलीबाट ४० किमी टाढा रहेको अल–अजीजियाहमा पनि अत्यधिक गर्मी हुन्छ । यहाँ १९९२ मा अधिकतम तापक्रम ५७.८ डिग्री पुगेको थियो । यहाँ सामान्य अवस्थामा पनि ४८ डिग्री तापक्रम हुन्छ ।

६. डेथ भ्याली, अमेरिका
क्यालिफोर्नियाको मोजेव मरुभूमिमा रहेको डेभ भ्याली उत्तरी अमेरिकाको सबै भन्दा सुख्खा इलाका हो । यो समुद्री सतहको नजिकै भएको कारण पनि अत्यधिक गर्मी भएको हो । सन् १९१३ मा यहाँको तापक्रम ५६.७ डिग्री मापन गरिएको थियो । अन्य समयमा पनि यहाँ ४७ डिग्री तापमान रहन्छ ।

७. तिरट जवी, इजरायल
बेत शेन उपत्यकाको नजिकै रहेको यो स्थान इजरायलको धार्मिक शहर हो । यो समुद्री सतह भन्दा ७ सय २२ फिट तल रहेको छ । जसको कारण अत्यधिक गर्मी हुन्छ । १९४२ मा यहाँको तापमान ५४ डिग्री मापन गरिएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s3MvlY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top