Photo of Milford Sound in New Zealand

एजेन्सी

जेठ १६ – श्रीलङ्काका पूर्व क्रिकेट खेलाडी सनथ जयसूर्या सेक्स भिडिया लिक गरेका कारण चर्चामा छन् । सोसल मिडियामा भाइरल भइरहेको यो भिडियोमा जयसूर्या आफ्नी पूर्व प्रेमिकासँग देखिएका छन् । मिडिया रिपोर्टका अनुसार जयसूर्या आफैंले उक्त भिडियो लिक गरेका हुन् । उनले पूर्व प्रेमिकासँग बदला लिन यस्तो गरिरहेको बताइएको छ । यद्यपी, यसबारे नेशनल साइबर सेक्युरिटि समूहले यसको अनुसन्धान गरिरहेको छ ।

भिडियोमा देखिएकी महिला मलिका सिरिसेना हुन् । उनी एयरहोस्टेज थिइन् र चर्चित नायिका पनि । मिडिया रिपोर्टका अनुसार मलिकाले जयसूर्यासँग तेस्रो विवाह गरेका थिए । उक्त विवाह सन् २०१४ मा भएको थियो । त्यसको केही समयपश्चात् मलिकाले जयसूर्यालाई छोडेर एक व्यापारीसँग विवाह गरिन् । मलिकाले पनि उक्त भिडियो जयसूर्याले नै लिक गरेको दाबी गरेकी छिन् ।

विवादमा रह्यो जयसूर्याको व्यक्तिगत जीवन, गरे तीन विवाह

जयसूर्याले तीनपटक विवाह गरे र तीन वटै असफल रहे । उनको पहिलो विवाह सन् १९९८ मा एयर श्रीलङ्काकी ग्राउन्ड होस्टेस सुमुदु करुणानायकसँग भयो जुन एक वर्षमा नै टुट्यो । दोस्रो विवाह पनि उनले एयर होस्टेस सन्द्रा डिसिल्वासँग गरे । उनीबाट जयसूर्याका तीन सन्तान छन् । यसै बिच सन् २०१२ मा उनी मलिकासँग नजिकिए । जसका कारण उनले दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरे । मिडिया रिपोर्टका अनुसार जयसूर्या–मलिकाले मन्दिरमा गोप्य रुपमा विवाह गरेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qvuyje
via IFTTT

0 comments:

Post a Comment

add

 
Top