Photo of Milford Sound in New Zealand

कारण के हो, दयाहाङ राई र प्रियंका कार्की नै जानून् तर देखिएको सत्य यही हो कि, उनीहरुको सम्बन्धमा दरार आएको छ, व्यक्तिगत र व्यावसायिक दुवैमा, कतिसम्म भने ‘झोले’को सिक्वेल ‘मिस्टर झोले’मा प्रियंका अटाइनन् ।

जबकि, ‘झोले’मा दयाहाङ र प्रियंकाले पहिलोपटक स्क्रिन सेयर गरेका थिए , त्यसपछि नै उनीहरुको दोस्ती प्रगाढ भएको थियो, तर, अहिले फाटो बढेको छ । जसको प्रत्यक्ष फाइदा भएको छ, वर्षा राउतलाई । मिस्टर झोलेमा दयाहाङको अपोजिटमा वर्षाले स्थान पाएकी छन् ।

स्रोतका अनुसार दयाहाङकै इच्छाबमोजिम प्रियंकालाई बेवास्ता गरिएको हो । दयाहाङसँग काम गर्न पाउँदा वर्षा फुरुंग हुने त भइहालिन् तर ‘नाई नभन्नु ल ४’, ‘छक्का–पन्जा’ र ‘जात्रा’को सफलतालाई ‘मिस्टर झोले’ले निरन्तरता देला त ?
साभारः नेपाल साप्ताहिक

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s57dCh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top