Photo of Milford Sound in New Zealand

एजेन्सी

जेठ १५ – कपिल शर्मा कुनै न कुनै कारणले लगातार चर्चामा छाइरहन्छन् । खबरका अनुसार कपिल शर्माको कार्यक्रम बन्द हुने अवस्थामा पुगेको थियो तर सलमान खानले केही समयका लागि यस्तो हुनबाट रोकेका छन् । आखिर सलमान खानले कपिललाई कसरी सहयोग गरे ?

रोकियो सलमानको कार्यक्रमः
वास्तवमा, सलमान खानद्वारा संचालन र्गन लागिएको कार्यक्रम ‘दसका दम’ प्रसारण हुन लागेको थियो । तर आजकाल सलमान आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा’ मा निकै व्यस्त भएको उनको उक्त कार्यक्रम अर्को दुई महिनाका लागि सारिएको छ । त्यसकारण कपिलको कार्यक्रम अर्को दुई महिना प्रसारण गरिनेछ ।

सुनिलले कार्यक्रम छोडेपछि खस्कियो टिआरपीः

वास्तवमा कपिल शर्मा र सुनिल ग्रोवरको एक आपसमा झगडा भएपछि कार्यक्रमको लोकप्रियतामा निकै कमी आएको थियो जसका कारण कार्यक्रमको टिआरपीमा भारी असर पर्यो । कपिल–सुनिलको झगडापश्चात् अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कार्यक्रम छोडिदिए । यी सबैका कारण कपिलको कार्यक्रममा निकै ठूलो असर पर्यो ।

जनवरीसम्म चल्न सक्छ कपिलको कार्यक्रमः

मिड डेको खबर अनुसार सलमान खान आफ्नो फिल्म ‘टाइगर जिन्दा हे’ को सुटिङमा यति व्यस्त छन् कि उनको कार्यक्रम ‘दसका दम’ जनवरीमा प्रसारण हुनेछ । त्यसकारण त्यतिबेलासम्म कपिल शर्मालाई उनको कार्यक्रम चलाउने मौका दिइनेछ । यद्यपी, सुनिलले कार्यक्रम छोडेपछि कपिलले कार्यक्रममा नयाँ अनुहार ल्याए जसले कार्यक्रमको टिआरपीमा त्यति ठूलो असर पुर्याउन सकेनन् ।Ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qxnH4T
via IFTTT

0 comments:

Post a Comment

add

 
Top